खचाखच यात्रु बोकेको जिप उकालोमा दुर्घटना !

डिसी नेपाल
२९ साउन २०७६ ७:०७

धादिङ । ज्वालामुखी गाउँपालिका–३ अमराईमा मंगलबार भएको बोलेरो जिप दुर्घटनामा घाइते हुनेको सङ्ख्या १४ पुगेको छ । चार जनाको अवस्था गम्भीर छ।

धादिङबेँसीबाट मैदीतर्फ जाँदै गरेको बा१३च ५२३० नंको बोलेरो जिप दुर्घटना भएको थियो । घाइते सबै एउटै गाउँका भएको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

यात्रु र सामानले खचाखच भरिएको जिप उकालोमा गुड्न नसक्दा दुर्घटना भएको घाइते यात्रु पौषप्रसाद तिवारीले बताए ।

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते चार जनालाई काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *