लामो साधनापछि सफलताको स्वाद लिएकी टीका

डिसी नेपाल
२९ साउन २०७६ ८:०१

काठमाडौं। गाउन त उनी पहिले पनि गाउँथिन्। तर, पहिले र अहिलेको समय उस्तै रहेन्।  हिजो थोरै दर्शकमाझ परिचित थिइन्। आजभोलि सांगीतिक बजारमा उनको बेग्लै चर्चा छ।  उनी अर्थात गायिका टीका प्रसाईँ।

यूट्युबमा हेरौं, उनले गाएको ‘माया लुकी लुकी…’ बोलको गीतले ६ करोड २४ लाख बढी भ्यूज बटुलेको छ।  अर्को हेरौं ‘नाइ मलाइ थाहा छैन…’। गीतलाई ३ करोड ८७ लाख बढी पटक हेरिएको छ। अर्को ‘कर्के नजर…’ लाई यूट्युबमा १ करोड ८० लाख बढीको नजर परिसकेको छ।
उनका अन्य थुप्रै गीत स्रोता–दर्शकले रुचाएका छन्।

माथि उल्लेखित उनका पछिल्ला दुई वर्षयताका गीत हुन्। तर टीकाको सांगीतिक यात्रा डेढ दशकदेखिको छ। हिजो सयौं गीत गाएर पनि गुमनामजस्तै रहिन् टीका। तर, समय न हो। एकदिन सफलतामा पुर्याइहाल्छ। केवल–साधना छोडनु हुँदैन्, संघर्षबाट भाग्नु हुँदैन्।  टीकाले त्यही गरिन् र पछिल्ला गीतबाट चर्चाको शिखरमा पुगिन्।
आज फ्यान फ्लोइन बढेका छन्। देश–विदेशका कार्यक्रमबाट खोजिन थालिएको छ। यो सफलताबाट सन्तुष्ट छिन् उनी।

२०६१ सालमा काठमाडौं आएकी टीकाले सोही वर्षदेखि गीत गाउन थालेकी हुन्। शुरुमा भजन गाइन्। सँगै कलेक्सन एल्बमहरुमा गीत गाइन्।  विभिन्न रियलिटी शोहरुमा पनि सहभागी हुन थालिन्। रियालिटी शो ‘अन्ताक्षरी’मा सहभागी भएपश्चात् चलचित्र ‘पाँच पाण्डव’मा गीत गाउने अवसर पाइन्।

उनले डिसी नेपालसँग भनिन् –‘धेरै गीत गाएर त्यति चर्चा नहुँदा पनि म कहिल्यै डगमगाइन्। सांगीतिक संघर्ष र साधनालाई निरन्तरता दिएँ। अहिले पनि दिइरहेकी छु।’
टीकाका अनुसार आफ्ना पहिलेका गीत नचल्नुको पछाडि भिडियो पनि मुख्य कारण हो।  ‘मेरा पहिलेका धेरै गीतको भिडियो बनेको थिएन। ती गीत चल्न रेडियोमै बजेको हुनुपथ्र्यो’, उनी भन्छिन्।

गीत त गाइन् तर चर्चा…
२०६१ सालमा काठमाडौं आएकी टीकाले सोही वर्षदेखि गीत गाउन थालेकी हुन्। शुरुमा भजन गाइन्। सँगै कलेक्सन एल्बमहरुमा गीत गाइन्।  विभिन्न रियलिटी शोहरुमा पनि सहभागी हुन थालिन्। रियालिटी शो ‘अन्ताक्षरी’मा सहभागी भएपश्चात् चलचित्र ‘पाँच पाण्डव’मा गीत गाउने अवसर पाइन्। २०६२ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरिन्। त्यसपश्चात गायन यात्रा निरन्तर अगाडि बढिरह्यो।

गीत त गाउँदै गइन्, तर चर्चा उकालो लागेन। चलचित्र ‘बीच बाटो’मा समावेश ‘सेल्फीको जमाना’ बजारमा राम्रो चल्यो। तर, चलचित्रको गीत कसले गाएको त्यति सोधी खोजी भएन। गीत चल्यो, गायिका चलिनन्।

चार वर्ष अघि, टीकाले आफ्ना पुराना कलेक्सन एल्बमका गीतको भिडियो तयार गरिन्। ‘तिमी भन्छौ भने म तिम्रै हुँ…’, ‘नतोड मनका बाचाहरु…’ इत्यादि। त्यसयता दर्शकमाझ उनको परिचय क्रमश फराकिलो बन्दै गयो। त्यसपछि २ वर्षअघि सार्वजनिक ‘नाइ मलाइ था छैन’ बोलको गीतबाट उनको चर्चा एकाएक चुलियो। उनकै भनाइमा आफ्नो सांगीतिक करियरको ‘टर्नीङ प्वाइन्ट’बन्यो यो गीत।

उनलाई केही फरक गरौं भन्ने लागिरहेको थियो। त्यसमाथि गीत तयार हुन्, मेहनत उत्तिकै लाग्यो। भन्छिन्, ‘यो गीतको भिडियो तयार हुँदासम्म एक वर्षभन्दा बढी समय लागेको थियो। अन्य मेहनत पनि उत्तिकै थियो। अन्ततः फल राम्रो आयो।’

त्यसपछि अर्को गीत ‘माया लुकीलुकी’ ले उनको चर्चालाई अझ उचाईमा पुर्यायो। अहिलेपनि धेरैको मुखमा कण्ठस्थ होलान् यी गीत।  ‘हामी संगीतकर्मीलाई हरेक गीतले एउटा इँटाको काम गरिरहेको हुन्छ। फरक यत्ति हो ‘नाइ मलाइ था छैन’ र ‘माया लुकीलुकी’ ले अरु गीतको तुलनामा बढी नै चिनाउने काम गरे’, उनी भन्छिन्।

फलासब्याक : तोते बोलीमै गीत गुनगुनाउँथिन्

झापाको तोपगाछीमा जन्मिएकी हुन् टीका। परिवार, आफन्तमा संगीत क्षेत्रमा लागेका कोही थिएनन्। तर, टीकामा बाल्यकालबाटै संगीतको रस पस्दै गयो।
हजुरबाबुको काखमा खेल्दै तोतेबोलीमै गीत गुनगुनाउँथिन् रे उनी!

‘कक्षा १ मा पढथें। स्कुल विदा भएर घर आएपछि ममीलाई खोजे। नजिकै देखिन्’, धमिलिँदै गएको बाल्यकाललाई स्मरण गर्दै भन्छिन्, ‘त्यतिबेला रेडियोबाट आलाप आयो। म पछ्याउँदै रेडियोसम्म पुगेकी थिए।’

उनलाई त्यति बेलाबाटै कौतुहलता हुन्थ्यो, गीत कसरी बज्छ होला? कसले गाउँछ होला?  सानोमा साह्रै लजालु स्वभावकी थिइन् टीका। तरपनि कक्षा १ मा पढदै कक्षा कोठामा गीत गुनगुनाएको बताउँछिन्।

भन्छिन्, ‘जब म बुझ्ने भए त्यो बेलादेखि नै ममा गायिका बन्छु भन्ने अठोट पलाएको थियो।’  त्यसयता उनी विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा कहिले गीत कहिले कविता सुनाउँथिन्। परिवार उनको रुचिमा कहिल्यै तगारो बनेनन्।

‘माया लुकीलुकी’ ले उनको चर्चालाई अझ उचाईमा पुर्यायो। अहिलेपनि धेरैको मुखमा कण्ठस्थ होलान् यी गीत।  ‘हामी संगीतकर्मीलाई हरेक गीतले एउटा इँटाको काम गरिरहेको हुन्छ। फरक यत्ति हो ‘नाइ मलाइ था छैन’ र ‘माया लुकीलुकी’ ले अरु गीतको तुलनामा बढी नै चिनाउने काम गरे’, उनी भन्छिन्।

टीकाले स्कुल लेभलमै गीत रेडर्क गर्ने मौका पाइन्। ‘२०५८ सालमा बिर्तामोडमा संगीत गुरू कुशेश्वर राईसँग ३ महिना संगीत सिकेकी थिएँ। त्यही वर्ष नै गीत रेकर्ड गरें,’ उनी भन्छिन्। स्थानीय कार्यक्रमहरूमा आफ्नो गायन प्रतिभा देखेपछि गीत रेकर्ड गर्ने मौका पाएको उनी बताउँछिन्। एसएलसीसम्म गाउँमै अध्ययन गरिन्। २०६१ सालमा बाबु र दाईका साथ काठमाडौं आइन्। काठमाडौं आएपछि पढाइसँगै संगीत कक्षा लिइन्।

‘संगीतको नशाले नर्सिङ पढाई बीचमै छाडें’
संगीतमा परिवारको रोकतोक नभएपनि इच्छा थियो, छोरीले नर्सिङ पढोस्, नर्स बनोस्। त्यो समय संगीत पहिलो प्राथमिकतामा पनि पर्दैनथ्यो। कलाकारिता क्षेत्रमा लागेपनि साइडमा केही जागिर होस् भन्ने हुन्थ्यो। उनको परिवार पनि त्यही चाहन्थे। त्यसैले टीका एसएलसीपछि नर्सिङ पढन भारत पुगेकी थिइन्। तर, त्यहाँ उनी टिक्न सकिनन्।

‘त्यहाँ झण्डै २० दिनपछि परिवारलाई नसोधी घर फर्केँ’, उनी सुनाउँछिन्।  एक्कासी घर आउँदा परिवार आश्चर्यमा परे। तर, छोरीको इच्छाबारे जानकारी परिवारले गाली गरेनन्। बरु संगीतमै भविष्य खोज्न काठमाडौं पठाए।

जमेको जोडी
टीकाको विवाह अन्तरजातीय हो। आजभन्दा १२ वर्षअघि संगीत क्षेत्रकै लेखराज गुरुङसँग उनले विवाह गरेकी हुन्। श्रीमान अहिले पनि संगीत क्षेत्रमै छन्। टीका र लेखराज रियालिटी शोबाट नजिकिएका थिए। २–३ वर्ष प्रेमसम्बन्धमा रहे, अनि विवाह गरे। टीका भन्छिन्, –‘उहाँ संगीत क्षेत्रमै रहेको हुनाले पनि हाम्रो मन मिल्यो।

विवाहपछि उहाँको एकदमै साथ र सहयोग पाए। आज म जुन स्थानमा छु उहाँको सपोर्ट विना सम्भव नै थिएन।’ एक छोरासहित यो जोडीको जीवन सुखमय बितिरहेको छ। ‘संगीतमा अहिले राम्रै भइरहेको छ। काम गर्दै जाँदा धेरै कुराहरु सिक्दै गइरहेकी छु। आउँदा दिनमा अझ राम्रो काम गर्दै जानेछु’, उनी सुनिन्छिन्।

तीज पर्व नजिकिँदै छ। तीजमा टीकाको कार्यक्रमको सेड्यूल पनि लामै छ।  शुरुको कार्यक्रम अष्ट्रेलियामा छ। त्यसका लागि उनी त्यहाँ पुगिसकेकी छन्। त्यसपछि इजरायल अनि कोरिया पुग्नेछिन्।  ‘अन्य दुई देशको लागि पनि कुरा भएको थियो । सेड्युल नमिलेर उपस्थिति जनाउन नसक्ने भएँ’, कुराकानीको बिट मार्दै उनले भनिन्।




प्रतिक्रिया

One thought on “लामो साधनापछि सफलताको स्वाद लिएकी टीका

Leave a Reply

Your email address will not be published. Required fields are marked *