कतारमा श्रीमानको मृत्यु भएपछि ५ महिनाकी गर्भवती टिका लिम्बुले पनि गरिन् आत्महत्या

डिसी नेपाल
२९ साउन २०७६ १२:१०

काठमाडौं। गत आइतबार कतारमा समुद्रमा डुबेर ज्यान गुमाएका नेपाली युवाकी पत्नीले पनि आत्महत्या गरेकी छिन् । कतारमा पौडी खेल्ने क्रममा सामुद्रिक छालले बगाएर धनकुटाका ललित लिम्बुको ज्यान गएको थियो ।

ललितको मृत्यु भएको खबर पाएपछि मर्माहत भएकी उनकी पत्नी टीका लिम्बूले पनि त्यसको भोलिपल्ट सोमबार झुण्डिएर आत्महत्या गरेको धनकुटा समाज कतारका महासचिव रविन थापामगरले डिसीनेपाललाई जानकारी दिए । थापामगरका अनुसार ललित समाजका पूर्व अध्यक्ष र अहिलेका प्रमुख सल्लाहकार थिए ।

महासचिव थापामगरले दिएको जानकारीअनुसार तलित र टीका दुवै कतारमै थिए । टीका एक महिनाअघि मात्र नेपाल आएकी थिइन् र ललित पनि नेपाल फर्कने तयारीमा थिए । तर, अचानक ललितको मृत्यु भएपछि आहत भएकी पत्नी टीकाले पनि आत्महत्याको बाटो रोजेकी हुन् । टीका ५ महिनाकी गर्भवती भएको समेत महासचिव थापामगरले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *