रिलिज नहुँदै साहोले लगानी उठाएर नाफामा गइसक्यो

डिसी नेपाल
२९ साउन २०७६ १५:४५

काठमाडौं । साउथ सुपरस्टार प्रभास र श्रद्धा कपुर अभिनित चलचित्र ‘साहो’ले रिलिज अगाडि नै लगानी उठाइसकेको छ । यही ३० अगस्टमा रिलिज हुने चलचित्रले चलचित्रको थिएट्रिकल राइट्स ३२० करोडमा विक्री भएको हो । ‘साहो’ ३५० करोड लगानीमा निर्माण भएको चलचित्र हो ।

यसमा स्याटलाइट्स र वेब प्लाटफर्मको राइट्सको कमाई जोडिएको छैन् । स्याटलाइट्स र वेब प्लाटफर्मको राइट्स विक्री हुन बाँकी नै छ । यी दुई राइट्स विक्री हुँदा ‘साहो’ले रिलिज अगाडि नै लगानी उठाएर नाफामा गइसकेको हुने छ ।
चलचित्र ‘साहो’ यो वर्षको सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बन्ने भारतीय सञ्चारमाध्यमले अनुमान गरेका छन् ।

‘साहो’मा प्रभासले १०० करोड पारिश्रमिक लिएका छन् । यो पारिश्रमिक भारतमा हालसम्मकै सबैभन्दा धेरै हो । प्रभास भारतमा सबैभन्दा महंगा अभिनेता बनेका छन् । यद्यपि एक अन्तर्वार्तामा प्रभासले १०० करोड पारिश्रमिक नलिएको बताएका छन् । एक्सन चलचित्र ‘साहो’को ट्रेलरमा देखाएका फाइट, भीएफएक्स, स्टन्ट सिन निकै अकार्षक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *