इमरान खानलाई भारतीय मुस्लिमको चिन्ता किन?

डिसी नेपाल
२९ साउन २०७६ १६:३५

नयाँ दिल्ली (बीबीसी) । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गएका दिनहरुमा कश्मीर मामिलालाई लिएर आक्रामक शब्दहरुको प्रयोग गरिरहेका छन् । ईदका अवसरमा नाजी र हिटरललाई सम्झाउनु क्रिकेटको जस्तै विरोधीहरु विरुद्ध आक्रामक रणनीति हो वा अरु?

खेल र राजनीति दुबैमा इमरान खानको एकै प्रकारको रणनीति देखिन्छ । दुश्मानमाथि यति आक्रमण गर्नुहोसकी उसलाई एक मिनेट पनि आराम नहोस । उ जम्न नसकोस र उसले यस्तो गल्ति गरोसकी आउट होस । हाल यही रणनीति विदेश मामिलामा पनि गएका दिनहरुका ट्वीटले देखाउँछ । देश भित्र पनि उनले हरेक भाषणमा र सामाजिक सञ्जालमा विपक्षी नेताहरुमाथि यति तिखो प्रतिक्रिया दिएका छन्की उनीहरु सुन्न नसक्ने अवस्थामा छन् । इमरान खानको आलोचना गर्नेहरु भन्छन् – न उनले मौका हेर्छन्, न माहोल, मात्र विपक्षीको क्लास लिन शुरु गरिदिन्छन् । अमेरिकामा पाकिस्तानीहरुको सभालाई सम्बोधन गर्दा पनि उनले यस्तै गरेका थिए ।

इमरान खानले पूर्व प्रधानमन्त्रीहरु र राष्ट्रिपतिहरुसमेत धेरै विपक्षी नेताहरुलाई चोर, डाकू र भ्रष्टका साथै अन्य के के उपनाम दिएनन् । उनका सल्लाहाकार र मन्त्रीहरु पनि उनकै यही शैली अपनाउँदै यस्तै भाषा हरेक दिन उपयोग गर्छन् । ईदका दिन आफ्नो आधिकारिक ट्वीटर अकाउण्टबाट उनले तीन ट्वीट गरेका छन्, जसमा कडा भाषाको प्रयोग गरिएको छ । यो पटक उनको तिरको निशाना घरेलु दुश्मन होइन, छिमेकी देश भारतको सत्तारुढ दल भाजपा बन्यो । उनले आरएसएसलाई भाजपाको वैचारिक आधार भन्दै यसको तुलना जर्मन तानाहाश हिटलरसँग गरे । २० औं शताब्दीमा हिटलर सत्तामा आएपछि भौगोकिल विस्तारले पूर्वी र केन्द्रीय यूरोपमा स्थान बनाएको थियो ।

इमरान खानले भाजापको प्रयास भारत प्रशासित कश्मीरसम्ममात्र सिमित नभएर आगामी निशाना पाकिस्तान र भारतीय मुसलमान हुने बताए । पहिलो कुरा त कट्टर हिन्दू पाकिस्तान स्थापनाले कहिल्यै पनि खुशी नभएको भन्दै उनले उनीहरु पाकिस्तान समाप्त भएको हेर्न चाहन्छन् भनेका थिए । यसक्रममा १९७१ मा बांगलादेशको स्थापनामा भारतको भूमिकालाई एक ठोस उदाहरणका रुपमा उनले पेश गरे । तर उनी १९९९ मा भाजापाकै प्रधानमन्त्री अटर बिहारी वाजपेयीको लाहौर भ्रमण, मीनारहरु पाकिस्तान आउनु र पाकिस्तानलाई एक वास्ताविक रुपमा स्वीकार गर्ने भनाईलाई स्वीकार गर्न तयार भएका छैनन् । भारतीय जनता पार्टीले कश्मीरबारे ५ अगस्टमा गरेका निर्णयले एक पटक फेरि पाकिस्तान सरकारको चिन्तालाई उजागार गरिदिएको छ । इमरान खानले त्यति भावनालाई व्यक्त गरेका हुन् ।

जहाँसम्म भारतमा बस्ने मुसलमानको कुरा छ, त्यो पाकिस्तानका सरकारी सञ्चार माध्यम र केही हदसम्म निजी सञ्चार माध्यमले पनि सरकारी दबाबमा भारतमा बस्ने मुसलमानहरुलाई अल्पसंख्यक र दबिएको जातीका रुपमा देखाएका छन् । गाई काटेको कुरा जहाँ भए पनि पाकिस्तानी सञ्चार माध्यमले त्यसलाई बढाएर पेश गर्छन् । केही विश्लेषक मुसलमानहरुलाई पाकिस्तानको फस्ट लाइन अफ डिफेन्स बनाउने प्रस्ताव पनि गर्छन् ।
अकील नदीम पाकिस्तानका पूर्व राजदूत हुन् । हालै प्रकाशित लेखमा उनले कश्मीरको बदलिँदो अनुहारलाई पाकिस्तानलाई एक मौका हुन सक्ने उल्लेख गरेका छन् । उनले यसले भारतीय मुसलमानहरुलाई एकजुट गराउन सक्ने र उनीहरुलाई भारतीय कदमको विरोधमा उठाउन सकिने मौका पनि पाकिस्तानलाई रहेको उनले लेखेका छन् ।

पाकिस्तान सरकार पक्कै पनि धेरै बाटाहरुमा सोचिरहेको होला । केही त उसले खुला रुपमै भनेको छ केही सार्वजनिक गर्न नमिल्ने पनि हुन सक्छन् । पाकिस्तान सरकारले काँग्रेसलाई सँधै अधिक सन्तुलित मान्छ । तर भारतीय आम चुनावभन्दा पहिला इमरान खानले दिएको एक प्रतिक्रिया भाजापाको पक्षमा देखिएको थियो । उनले भाजपा जिते कशमीर मामिला समधान हुन सक्ने बताएका थिए ।

भारतको इतिहासमा कुनै पनि सरकार कश्मीरको हैसियत परिवर्तन गर्ने विषयमा सोच्न मात्र सक्थ्यो तर, मोदीको भाजपाले यसलाई वास्ताविक रुप दिने प्रशास गरेका छ । यस्तो अवस्थामा पाकिस्तानी तोपको दिशा त्यसफर्त हुनु स्वभाविक हो । यो पाकिस्तानीहरुका लागि दुलर्भ अवसर हो भाजपाई वास्ताविक दुश्मन सावित गर्ने । उसँग यो महत्वपूर्ण मौका छ, दुई राष्ट्रिय विचारधाराको पुष्टि र हिन्दू र मुसलमान अलग अलग सम्प्रदाय (जसको आधारमा पाकिस्तान बनाइएको थियो) ।

इमरान खानको आक्रामक रवैया जस्तै भारतीय जनता पार्टीको पनि विदेशी र सुरक्षा नीति आक्रामक रहेको छ । अब यी दुई आक्रामक खेलाडी यस खतरालाई शान्ति र समृद्धिको मौका बनाउँछन् वा बनाउँदैनन् प्रश्न यहि छ ।

आरएसएस किन निशानामा?

त्यसो त पाकिस्तानमा पहिला पनि सुसुप्त रुपमा हिन्दू सम्प्रदाय जस्तै राष्ट्रिय स्वयमसेवक संघको चर्चा भारतसँगै आइरहेको छ । तर, यो पटक प्रधानमन्त्री इमरान खानले विशेष रुपमा यसको चर्चा गरेका छन् । यसैको कारण पाकिस्तानमा शंका विना नै सत्तारुढ भाजपाको वैचारिक आधार आरएसएसलाई मानिन्छ । भाजपाका सबै नीतिहरु आरएसएसको कोखमा जन्म लिन्छन् भन्ने पाकिस्तानी बुझाई छ । वरिष्ठ पत्रकार जाहिद हुसैनले एक पत्रिकामा लेखेका छन् –आरएसएसको विचारधाराबाट प्रभावित प्रधानमन्त्री नरेन्द्र मोदी भारतलाई एक हिन्दु राष्ट्रमा परिवर्तन गर्दै धार्मिक अलपसंख्यकलाई दबाउन चाहन्छन् । उनका अनुसार गैर हिन्दूलाई भाजापा हिन्दूका लागि खतरा मान्छ ।

पाकिस्तानका एक अर्का लोकप्रिय टिभि एंकर तथा पत्रकार नुसरत जावेदले त यही वर्ष मेमा आरएसएसलाई भाजापाको आमा भनेका थिए । उनले आरएसएसकै कारण इमरानलाई शपथ ग्रहण सामारोहमा नबोलाएको दाबी गरेका थिए । आरएसएसले केही थिंकट्यांक पनि सञ्चालन गरिरहेको उनको भनाई छ । ती मध्ये केही चर्चित उद्योगपति र व्यापारीसँग सम्बन्धित मानिसहरुको रुपैयाले चल्ने उनको दावी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *