आयुष्मान र विक्कीलाई अमिताभ बच्चनको विशेष बधाई

डिसी नेपाल
२९ साउन २०७६ १६:५६

मुम्बई । हालै नेशनल अवार्ड जितेका बलिवुड अभिनेताहरु आयुष्मान खुराना र विक्की कौशलले सरप्राइज बधाई पाएपछि खुशी व्यक्त गरेका छन् । आयुष्मान र विक्कीलाई बलिवुडका महानायक अमिताभ बच्चन र जया बच्चनले नेशनल अवार्ड जितेकोमा बधाई दिदै फुलको बुके र शुभकामना कार्ड पठाएपछि दुवै अभिनेताले सामाजिक संजालमार्फत खुशी व्यक्त गरेका हुन् ।

अमिताभ र जयाले पठाएको कार्ड र बुकेको तस्बीर सार्वजनिक गर्दै विक्की कौशलले लेखेका छन्- यो मेरो लागि दुनिया हो, बच्चन सर र जया म्याम शुक्रिया । त्यस्तै आयुष्मान खुरानाले लेखेकेका छन् – यस सदिका महानायकबाट जब तपाईलाई राष्ट्रिय पुरस्कार मिलेपछि उपलब्धिमा प्रसंशा मिल्छ यो राष्ट्रिय पुरस्कारभन्दा कम छैन । धन्यवाद अमिताभ सर जया म्याम ।

कुनै पनि फिल्ममा राम्रो अभिनय र अवार्ड जितेपछि अमिताभले बधाई नोट र बुके पठाउने गर्दछन । यस अघि अमिताभले रणवीर सिंह, दीपिका पदुकोने र तापसी पन्नुलाई पनि यस्तै बधाई नोट र बुके पठाई सकेका छन् ।

अघिल्लो साता घोषणा गरिएको भारतको २०१८ को नेशनल अवार्डमा फिल्म अन्धाधुनका लागि आयुष्मान खुराना र फिल्म उरीबाट विक्की कौशलले बेस्ट अभिनेताको नेशनल अवार्द्द जितेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *