साझा सद्भाव समूह भारतको संयोजकमा भट्टराई

डिसी नेपाल
२९ साउन २०७६ २३:१९

नयाँ दिल्ली । साझा सद्भाव समूह भारतको राष्ट्रिय समिति संयोजकमा गंगाप्रसाद भट्टराई चयन भएका छन्।

समूहको २ दिनसम्म चलेको छलफलबाट सर्बसम्मतिले भट्टराई संयोजनमा चुनिएका हुन्। साझा सद्भाव समूह भारतको सह-संयोजक दीपक धामी, महासचिवमा जानकी खनाल, सचिब सौजन्य तिमिल्सिना र कोषाध्यक्षमा बिष्णु थापा सर्बसम्मतमा चुनिएको अन्तर्राष्ट्रिय साझा सद्भाव समूहले जानकारी दिएको छ।

साझा सद्भाव समूह भारतले तीन सदस्य सल्लाहकार समिति समेत गठन गरेको छ। मिनराज शर्मा प्रमुख सल्लाहकार रहनेगरी महेशराज रेग्मी र निशा जोशी सल्लाकार चयन गरिएको हो।

राष्ट्रिय समिति सदस्यहरुमा हरिस ढाँट, भरत भट्टराई, चन्द्रकला भट्टराई, ओम बस्नेत, प्रकाश बोहोरा, राम बहादुर शाही, जीवन सम्राट, डम्बर भट्ट, मनमोहन कुशवाह, हरि साउद, बिजय थापा हरिन चयन भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *