नियन्त्रित लागूऔषधसहित ४ जना पक्राउ

डिसी नेपाल
३० साउन २०७६ ०:४१

काठमाडौं । रुपन्देही, बुटवल उपमहानगरपालिका ४ ट्राफिक चोकबाट स्याङजा मल्याङकोट गाउँपालिका ४ बस्ने २२ वर्षीय प्रदिप शाही र सोही ठाउँ बस्ने २७ वर्षीय रामचन्द्र गिरीलाई नियन्त्रित लागूऔषध नाट्राजेपाम १ सय ट्याब्लेट सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

तनहुँ, शुक्लागण्डकी नगरपालिका ६ स्थित खैरेनीटारबाट सोही ठाउँ बस्नेहरु ३५ वर्षीय राजन गुरुङ र ३७ वर्षीय शिव श्रेष्ठलाई डाईजेपाम २१ एम्पुल, फेनारागन २१ एम्पुल र नुरफिन २१ एम्पुल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागुऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *