मिरा महोत्राको मर्म स्पर्शी तीज कोसेली ‘चेलीको ब्यथा २’

डिसी नेपाल
३० साउन २०७६ ६:४३

काठमाडौं। हिन्दु महिलाहरुको महान चाड तीज नजिकिएसंगै विभिन्न तीजका गीत र भिडियोहरु सार्वजनिक भएका छन्। यसैबिच लामो समयदेखि लोक संगित क्षेत्रमा चर्चा कमाउन सफल युवा गायक पुर्षोत्तम गैरेको आवाजमा नयाँ तीजको गीत सार्वजनिक भएको छ।

‘चेलीको ब्यथा भाग दुई’बोलको गीतमा पुर्षोत्तम गैरेसँगै चर्चित लोक गायिका शर्मिला गुरुङ र सन्ध्या बुढाको आवाज रहेको छ। निकै मर्म स्पर्शी भाकामा तयार पारिएको उक्त गीतमा राजु महोत्राको शब्द रहेको छ भने पुर्षोत्तम गैरेले संगित भरेका छन्।

स्वाभिमान क्रियशनको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा राजु महोत्रा, मिरा महोत्रा, पुष्पा ज्ञवाली लगायत धेरै कलाकारको अभिनय रहेको छ। गीतको भिडियो निर्देशन, छायांकन तथा सम्पादन बिष्णु भट्टराई गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *