काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत

डिसी नेपाल
३० साउन २०७६ ७:१९

काठमाडाैं। नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय अनुशासन समितिको हालसम्मको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ।

काङ्ग्रेस केन्द्रीय समितिको बुधबार बसेको बैठकमा केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेले सो प्रतिवेदन प्रस्तुत गरेका हुन्। बैठकले तनहुँमा वैकुण्ठनाथ न्यौपाने सभापति र जीतप्रकाश आले कार्यवाहक सभापति रहनुभएको जिल्ला कार्यसमिति र सो मातहतका कार्यसमिति मात्र काङ्ग्रेसको आधिकारिक र वैधानिक कार्यसमिति रहेकोसमेत स्पष्ट पारेको छ।

उक्त कार्यसमितिबाहेक काङ्ग्रेस पार्टीका नाममा पार्टीका कुनै सदस्यले कुनै तहको कार्यसमिति गठन गर्न नै नसक्ने भएकाले तनहुँमा यदि त्यस्तो अनाधिकृत र अवैधानिक कार्य पार्टीको कुनै सदस्यले गरेको वा कार्यालय खोलेको भए त्यस्तो कार्य पार्टी अनुशासनको गम्भीर उल्लङ्घन र दण्डनीय कार्य हुने बैठकले निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा बुधबार महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बे, कमला पन्त र रमेश लेखकले आ–आफ्नो विचार व्यक्त गरेका थिए। केन्द्रीय कार्यसमितिको अर्को बैठक आगामी भदौ ११ गते दिउँसो २ बजे पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *