दैनिक उडेर अफिस जाने यी व्यक्ति
काठमाडौं। प्रत्येक दिन टम प्राइडो–ब्रुन आफ्नो कम्मरमा एउटा प्यारामोटर ग्लाइड जोडेर घरबाट निस्कन्छन्। यो ग्लाइडरमा एउटा मोटर लगाइएको हुन्छ, त्यो तीव्र गतिमा दौडिएपछि मात्र अन हुन्छ।
टममा मैलानमा दौडनि सुरु गर्छन्। दौडिएको १०–१५ सेकेण्डमा आफ्नो दुवै दुट्टा हावामा उठाउँछन्। एक पटक सुरु भइसकेपछि ग्लाइडर त्यतिबेला मात्रै रोकिन्छ, जब टम जमीनको सम्पर्कमा आउँछन्।

मौसम सफा छ भने उनी जहिल्यै यसैगरी अफिस पुग्छन। टम प्राइडो–ब्रुनको अफिस दक्षिण पश्चिम इंल्याण्डको विल्टशायरमा छ। टम भन्छन्–दैनिक म घरको झ्यालबाट मौसमको अवस्था हेर्छु। यदि मौसम सफा रहेछ भने गाडीबाट भन्दा उडेर अफिस जान मन पराउँछु।’
उडेर अफिस जानु आफ्नो सोख भएको उनको भनाइ छ। यसरी उड्नु टमका लागि रोमाञ्चककारी र प्रेरणादायी हो। घरबाट अफिस पुग्न उनी ३० किलोमिटरकोको उडान भर्छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment