मलेसियामा फेरि विषाक्त रक्सी पिउँदा एक नेपालीको मृत्यु, २ सिकिस्त

डिसी नेपाल
३० साउन २०७६ ८:४९

मलेसिया । मलेसियामा फेरि विषाक्त रक्सी सेवन गर्दा एक जना नेपालीको ज्यान गएको छ । अन्य २ जना सिकिस्त भएका छन् । गत सोमबार बकर ईदको छुट्टिका दिन साथीहरुसँग भेला भै मलेसियाको सेनावाङमा मदिरा सेवन गरेका बारा घर भएका जेभी मोनिट्रोनिक कम्पनी सेनावाङमा कार्यरत सादाई महतोको मृत्यु भएको हो।

विषाक्त मदिरा सेवन गरेका ह्याभी प्याक कम्पनी सेरेम्बानमा कार्यरत सिराहाका सुर्य कुमार मोची र बाराका कनौयालाल महतो बिरामी परेका छन्। गत आईतबार छुट्टी मनाउन सेरेम्बानबाट सुर्य कुमार र कनौयालाल सेनावाङ सादाई महतोको होस्टेलमा गएका थिए।

मंगलबार राति सुर्य कुमारले एकोहोरो बान्ता गर्न थालेपछि तुरुन्तै अस्पताल लगिएको थियो भने कनौया आँफै अस्पताल गएका थिए। तर सादाई महतो भने राती सुते कै ठाउँमा बिहान मृत अबस्थामा फेला परेका हुन्। बिरामीहरुको उपचार तुङगुजाफर अस्पताल सेरेम्बानमा उपचार भईरहेको छ।

सुर्य कुमारलाई आईसियुमा र कनौयालाललाई वाड कक्षमा उपचार भईरहेको त्याहाँ रहेका नेपाली टीका खड्काले डिसीनेपाललाई बताए। मलेसियामा यस अघि पनि विषाक्त मदिरा सेवन गर्दा धेरै नेपालीले ज्यान गुमाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *