भारतको स्वतन्त्रता दिवसमा पुस्तक, बस र एम्बुलेन्स वितरण

डिसी नेपाल
३० साउन २०७६ १२:४७

काठमाडौं। भारतले नेपालका विभिन्न सामाजिक संस्था, स्वास्थ्य एवं शैक्षिक प्रतिष्ठानलाई पुस्तक, बस र एम्बुलेन्स वितरण गरेको छ।

भारतको ७३औँ स्वतन्त्रता दिवसका अवसरमा राजधानीस्थित भारतीय राजदूतावासमा बिहीबार बिहान एक विशेष समारोह आयोजना गरियो। त्यस अवसरमा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले भारतको राष्ट्रिय झण्डा फहराउनका साथै स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति रामनाथ कोविन्दले जारी गरेको शुभकामना सन्देश वाचन गरेका थिए। समारोहमा भारतीय सेनामा सेवाका क्रममा वीरगति प्राप्त गरेका नेपाली नागरिकका विधवा र सन्तानलाई बीमावापतको रकम हन्तान्तरण गरिएको थियो।

राजदूत पुरीले पर्सा, सुनसरी, काठमाडौँ, धादिङ, रौतहट, सर्लाही, सप्तरी, धनकुटा, कैलाली, इलाम, झापा, सङ्खुवासभा, रुपन्देहीलगायत ४० वटा विभिन्न सामाजिक सङ्घसंस्था र विद्यालयले सञ्चालन गरेका पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरे।

साथै उहाँले देशका विभिन्न भागमा अवस्थित ३० वटा स्वास्थ्य संस्था, सामाजिक संस्थालाई एम्बुलेन्स र त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, प्रहरी विद्यालयजस्ता छ वटा शैक्षिक संस्थालाई बसको साँचो हस्तान्तरण गरे।

सबै तस्विरः आर्यन धिमाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *