१०० भन्दा बढी यात्रु बोकेर उडेको विमान आकस्मिक अवतरण

डिसी नेपाल
३० साउन २०७६ १२:३८

काठमाडौँ । मस्कोको विमानस्थलमा बिहीबार एक विमानले आकस्मिक अवतरण गरेको छ।

उडिरहेको विमानमा समस्या आएपछि आकस्मिक अवतरण गरेको विमानमा रहेका सबै यात्रु सकुशल रहेको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ।

एक सय भन्दा बढी यात्रु सवार रहेको यो विमान मस्को क्षेत्रको झुकोभस्काइ विमानस्थलमा आकस्मिक अवतरण गरिएको र सबै यात्रुलाई उद्धार गरिएको जनाइएको छ।

यस समाचारको विस्तृत विवरण आउन बाँकी छ । रासस


No ads found for this position

प्रतिक्रिया

One thought on “१०० भन्दा बढी यात्रु बोकेर उडेको विमान आकस्मिक अवतरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *