४० वर्षको उमेरमा पनि राखी हर्ट एण्ड फिट, यस्तो छ रहस्य

डिसी नेपाल
३० साउन २०७६ १४:५०

एजेन्सी। बलिउडकी कन्ट्रोभर्सिअल रानीको रुपमा चिनिने राखी सावन्त विभिन्न विवादका कारण चर्चामा आउने गर्छिन्। हालै मात्र उनी आफ्नो विवाहका कारण चर्चामा आइन्। तर यसका अलवा उनी आफ्नो फिटनेसले गर्दा पनि निकै चर्चित छिन्। उनी अहिले ४० वर्षकी भइन्। त

र उनमा अझैपनि फिटनेसका साथै सुन्दरताको चमक देख्न सकिन्छ। आखिर के छ त्यस्तो रहस्य ? जसले उनलाई फिट तथा सुन्दर देखिन मद्दत गरिरहेको छ। राखी सावन्तको फिट शरीर रहनुका पछाडि प्रमुख कारण हो योग। उनले आफ्नो फिटनेससँग सम्बन्धित भिडियोहरु सामाजिक संजालहरुमा हालेकी छन्।

जहाँ उनी योगका विभिन्न आसनहरु गरिरहेको देख्न सकिन्छ। यति मात्रै नभएर उनी आफ्नो खापपिनमा समेत निकै ख्याल राख्छिन्। उनी आफ्नो दिनको सुरुवात एक गिलास मनतातो पानी पिएर गर्छिन्।

उनले एक अन्तरवार्तामा आफ्नो फिटनेसको रहस्य योग नै रहेको बताएकी थिइन्। सो अन्तरवार्तामा उनले भनेकी छन्ः– ‘आज म ४० वर्षको उमेरमा पनि हट देखिन्छु, सुन्दर देखिन्छु, यो सबै योगका कारण सम्भव भएको हो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *