नेकपा सचिवालय बैठक शुक्रबार बस्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार ३ बजे बस्ने गरी टुङ्गिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य प्रतिकूल रहेकाले आज अनौपचारिक रुपमा बैठक बसेको र शुक्रबार पुनः बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
सहमति जुट्न नसकेको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै यसअघि दुई पटक स्थगित भएको थियो।
नेकपाको स्कुल विभागमा टुङ्गो नलाग्दा बैठक पटकपटक सारिँदै आएको छ। उक्त विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतको दाबी रहेको बताइएको छ।
यसअघि साउन १३ गते बैठक बसेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment