भारत्तोलनमा ४७ नयाँ राष्ट्रिय कीर्तिमान

डिसी नेपाल
३० साउन २०७६ २१:१३

काठमाडौं। नेपाल प्रहरीकी तारादेवी पुन महिला तथा नेपाली सेनाका पुकार गुरुङ्ग नेपाल स्ट्रङ्गेष्ट तेश्रो ओलम्पियन सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको स्ट्रङ्गेष्ट्र खेलाडी घोषित भएका छन् । उनीहरुले स्ट्रङ्गुष्टको ब्यानेटका साथै ट्रफी, प्रमाण पत्र र नगद १० हजार प्राप्त गरे ।

पुरुषतर्फ बेष्ट लिफ्टरमा सिनियरमा पुलिसका विकास थापा र जुनियरमा प्रकाश के.सी. तथा महिलातर्फ पुलिसका सिनियरमा संगिता राई र जुनियरमा संजु चौधरी घोषित भए ।

उदियमान खेलाडीमा पुरुषतर्फ बाँकेका तुषार बुढामगर तथा महिलामा बर्दियाका नन्दा थापामगर घोषित भए । बुधबार ढिलोगरि सम्पन्न भएको प्रतियोगिताको पुरुष १०९ केजी माथिको तौलमा स्ट्रङ्गेष्ट खेलाडी सेनाका पुकारले तीनै विधामा राष्ट्रिय कीर्तिमान कायम गरे । उलने आफ्नै नाममा आठौँ राष्ट्रिय खेलकुदमा राखेको स्नाचमा १२६ केजीमा सुधार गर्दै १२७ केजी र क्लिन एण्ड जर्कमा १५० केजीमा सुधार गर्दै १५१ केजी भार बहनका साथ कुलमा पनि २७६ बाट २७८ केजीका साथ कीर्तिमान राखेका हुन् । दोश्रो स्थानमा रहेका नेपाल पुलिसका राजीव महर्जनले ९५ स्नाचमा, ११७ क्लिनमा गरि कुलमा २१२ केजी उचाले ।

१०९ केजी तौलमा सिनियरमा पुलिसका सन्देश गुरुङ्गले स्नाचमा १०६, क्लिनमा १३५ गरि कुल २४१ भार बहन गरे । उनले स्नाचमा आफ्नै नाममा रहेको १०० केजी तौलमा सुधार गर्दै १०६ केजी भार उचालेका थिए ।

जुनियरतर्फ कञ्चनपुरका सागर भण्डारीले क्लिन एण्ड जर्क र कुलमा कीर्तिमान बनाए । उनले क्लिनमा सन्देशको नाममा रहेको १३८ केजीलाई उछिन्दै १४७ केजी र कुलमा सन्देशकै नाममा रहेको २३८ केजीलाई उछिन्दै २४७ केजीका साथ कीर्तिमान राखेका हुन् । सारगले स्नाचमा १०५ केजी भार बहन गरे ।

१०२ केजीमा कञ्चनपुरका सुभाष उपाध्यायले तीनै बिधामा कीर्तिमान राखे । स्नाचमा १०३, क्लिनमा १३० र कुलमा २३३ केजी उचाले । यसअघि सागर भण्डारीले आठौँ राष्ट्रिय खेलकुदमा स्नाचमा १०२, क्लिनमा १२२ र कुलमा २२४ को कीर्तिमान राखेका थिए । दोश्रो स्थानमा रोशन बि.क.ले ७०, १०० र १७० को भार बहन गरे ।

९६ केजी तौलमा नेपाल पुलिसका गगन चन्दले स्नाचमा ९८, क्लिनमा १३० र कुलमा २३८ गरि स्वर्ण, पुलिसकै श्रीकृष्ण महर्जनले स्नाचमा ९०, क्लिनमा १० र कुलमा १९८ केजीका साथ रजत तथा एपिएफका देवेन्द्र बि.क.ले स्नाचमा ८५, क्लिनमा १०७ र कुलमा १९२ केजीका साथ कास्य पाए ।

राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीहरुले नगद १ हजार प्राप्त गरे । पुरुषतर्फ २४ र महिलातर्फ २३ राष्ट्रिय कीर्तिमान कायम भएका छन् । उदियमान तथा बेष्ट लिफ्टरले प्रमाण पत्र र ट्रफी प्राप्त गरे । तीन बिभागिय टोली जिल्ला तथा क्लबका करिव १०० जना खेलाडीहरुले ४० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *