पक्राउ पर्नु अघि के भनेका थिए रवि लामिछाने र युवराज कँडेलले ?

डिसी नेपाल
३० साउन २०७६ २२:३२

काठमाडौं । पत्रकार सालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेलले बुधबार आ–आफ्नो फेसबुक वालमा आफूहरु निर्दोश रहेको र निष्पक्ष छानविन हुन माग गरेका थिए।

रवि लामिछानेले भनेका थिए, ‘आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु। मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदैसम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ।’

त्यस्तै युवराज कँडेले पनि लेखेका थिए, ‘मेरी आमाको कसम खाएर भन्छु, सालिकले भनेकी युवतीलाई न मैले अहिलेसम्म चिनेको छु, न देखेको छु, न भेटेको छु न सालिकसँग जोडिदिएको छु, अनि अष्ट्रेलिया पठाइदिनेलगायतका यी यावत आरोपहरुमा एउटा पनि गल्ती मबाट भएको रहेछ भने यो देशमा कानून छ अनि सबैकुरा देख्ने ईश्वर छ म मर्न तयार छु। सबैकुरा छानबिन होस्। हामीले कुनै अपराध गरेका छैनौं।’

यस्तो छ प्रहरीको प्रेस नोट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *