अक्षय कुमारको करिअरकै सबैभन्दा ठूलो ओपनर बन्यो ‘मिशन मंगल’, कति कमायो ?

डिसी नेपाल
३१ साउन २०७६ ११:५५

काठमाडौं। अक्षय कुमार, विद्या बालन, तापसी पन्नु, सोनाक्षी सिन्हा स्टारर फिल्म मिशन मंगलले बम्पर ओपनिङ गरेको छ । फिल्मले पहिलो दिन २९.१६ करोड कमाएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको पहिलो दिनको आंकडा सार्वजनिक गरेका हुन् । यो कमाइको साथमा मिशन मंगल अक्षय कुमारको करिअरमै पहिलो दिन सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

पहिलो दिनको ओपनिङको हकमा मिशन मंगल २०१९ को दोस्रो ठूलो फिल्म बन्यो । पहिलो स्थानमा सलमान खानको भारत छ जसले पहिलो दिन ४२.३० करोड कमाएको थियो । २०१८ को स्वतन्त्रता दिवसमा अक्षय कुमारको फिल्म गोल्ड आएको थियो जसले पहिलो दिन २५.२५ करोड कमाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *