युवतीलाई फ्लाइङ किस दिँदा ३ वर्षको लागि जेल पुगे विनोद

डिसी नेपाल
३१ साउन २०७६ १२:५८

मोहाली। युवतीलाई फ्लाइङ किस दिने युवकलाई अदालतले ३ वर्षको जेल सजाय सुनाएको छ । भारतको पंजाबको मोहाली अदालतले दुवै पक्षको दलील सुनेपछि आफ्नो फैसला सुनाएको हो । अदालतले फेज ११ निवासी विनोद कुमारलाई ३ वर्षको कैद र ३ हजार रुपैयाँ जरिवाना लगाएको छ । मुद्दामा अर्को पक्षमा रहेका एक दम्पती, जसमाथि कुटपिटको आरोप लगाइएको थियो, उनीहरुलाई प्रमाणको अभावमा निर्दोष ठहर गरिएको छ ।

फेज ११ बस्ने युवकले स्थानीय पुलिस स्टेशनमा विनोदविरुद्ध उजुरी दर्ता गराउँदै विनोदले आफ्नी श्रीमतीलाई बारम्बार अश्लिल कमेन्ट गर्ने गरेको आरोप लगाएका थिए । युवकले आफ्नो रिपोर्टमा विनोदले आफ्नी श्रीमतीको हात समातेर उनलाई फ्लाइङ किस गरेको बताएका थिए । त्यसपछि पुलिसले विनोदविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

जतिबेला पुलिसले विनोदविरुद्ध मुद्दा दर्ता गरेको थियो त्यतिबेलै पुलिसले पतिपत्नीविरुद्ध पनि कुटपिटको मुद्दा दर्ता गरेको थियो । जानकारीका अनुसार विनोद कुमारले पनि पुलिसमा उजुरी गर्दै ती पति पत्नीले उनलाई कुटपिट गरेको आरोप लगाएका थिए । त्यसपछि पुलिसले पतिपत्नीविरुद्ध पनि क्रस केस दर्ता गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *