आत्महत्या गर्न उक्साएको आरोपमा रवि लामिछानेसहित ३ जनालाई अदालतमा पेश गरियो

डिसी नेपाल
३१ साउन २०७६ १३:३२

काठमाडौं। आत्महत्या गर्न उक्साएको आरोप लागेपछि पक्राउ गरिएका रवि लामिछानेसहित ३ जनालाई चितवन जिल्ला अदालतमा पेश गरिएको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा उनीहरु हिजो बेलुकी पक्राउ परेका हुन् ।

न्यूज २४ टेलिभिजनमा कार्यरत लामिछाने र युवराज कंडेल तथा ओखलढुंगाकी अस्मिता कार्की भनिने रुकु कार्कीलाई प्रहरीले बिहीवार नियन्त्रणमा लिएको थियो । तीनै जनालाई बिहीवार नै चितवन पुर्याइएको हो । पत्रकार पुडासैनीको शव चितवनको पोखरा बसपार्कस्थित होटल कंगारूमा फेला परेको थियो ।

स्वर्गीय पत्रकार पुडासैनीको मोबाइलमा भेटिएको भनिएको भिडियोमा लामिछाने सहितका ३ जनाका कारण आफू आत्महत्या गर्न बाध्य भएको कुरा नामै किटेर उल्लेख गरिएको छ । सोही कारण अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *