रवि लामिछानेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

डिसी नेपाल
३१ साउन २०७६ १५:१६

काठमाडौं। आत्महत्या गर्न दुरुत्साहन गर्न उक्साएको आरोपमा पक्राउ परेका न्यूज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने ५ दिन हिरासतमै बस्नुपर्ने भएको छ । स्रोतलाई उद्धृत गर्दै अदालत परिसरमै रहेका रवि कार्यरत न्यूज २४ टेलिभिजनका पत्रकार शरद आचार्यले यस्तो जानकारी दिएका हुन् । यद्यपि उनले यो कुरा आफूले स्रोतबाट थाहा पाएको भए पनि पुष्टि हुन बाँकी नै रहेको बताए । अदालतले तीनै जनाको हकमा यो आदेश दिएको हो वा एक जनालाई मात्र भन्ने पनि पुष्टि हुन बाँकी नै छ । आदेशअनुसार ५ दिन बिहीबारबाट लागू हुने बताइपको छ ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रविलाई पक्राउ गरेको हो। शालिकरामले केही समयअघि मात्र न्यूज २४ टेलिभिजन छाडेका थिए । शालिकरामले मर्नुअघि रेकर्ड गरेको भनेको भिडियोमा रवि लामिछाने, सिधा कुरा जनतासँगका प्रोड्युसर दीपक बोहोरा र रुकु भनिने अस्मिता कार्कीमाथि आफूलाई आत्महरुया गर्न बाध्य पारेको आरोप लगाएका थिए । यही भिडियो सार्वजनिक भएपछि रविलाई अनुसन्धानको लागि पक्राउ गरियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *