कीर्तिपुरमा गाईजात्रा रौनकः जुद्ध शमशेरदेखि रामदेवको उपस्थिती, हेर्नुहोस् १३ तस्विर
काठमाडौं। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन दिवङ्गत आफन्त तथा पितृको सम्झनामा उपत्यकाका विभिन्न स्थानमा निकालिएको छ।
विशेषगरी नेवार समुदायले मृतात्माको शान्तिको कामना गर्दै शहरका विभिन्न स्थानबाट सिङ्गारिएका गाई, कुमारी, बालक तथा युवालाई नगर परिक्रमा गराइएको छ। गाईजात्रा एउटै भएपनि नेवार समुदाय बसोबास भएका स्थानहरुमा आ–आफ्नै तरिकाबाट मनाइएको छ।
यस्तै कीर्तिपुरमा पनि छुट्टै किसिमबाट यो जात्रा मनाइएको छ। कीर्तिपुरको टोल–टोलमा विभिन्न भेषभूषा तथा स्वरुपमा बाजागाजा सहित नृत्य गरी मनाइएको हो।

जहाँ मानिसहरु रामदेव, जुद्ध शमशेर, राजारानी लगायतका व्यक्तिहरुको नक्कल गरी सहभागि भएका थिए।
गाईजात्रा निकालेपछि मृतात्माले यमलोकमा प्रवेश पाउने विश्वासका साथ वर्षभर मृत्यु भएका व्यक्तिका आफन्तले यो जात्रा निकालिन्छ।

पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहारेका हुन्छन् भन्ने देखाउन तात्कालिन राजा प्रताप मल्लले “जनतालाई आ-आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू” भनी आदेश दिएकाले यो पर्व शुरु भएको धार्मिक मान्यता छ।
केही दशकअघिदेखि गाई जात्राका अवसरमा हाँस्य र व्यङ्गसमेत प्रदर्शन हुँदै आएको छ।










No ads found for this position

डिसी नेपाल
Facebook Comment