जापानमा राती श्रीमानसँगै सुतेकी नेपाली महिला बिहान मृत फेला

डिसी नेपाल
३१ साउन २०७६ १९:०१

टोकियो । जापानमा श्रीमानसँगै बस्दै आएकी एक नेपाली महिला मृत भेटिएकी छिन् ।आफ्नै कोठामा बिहीबार राती खाना खाएर श्रीमानसँगै सुतेकी महिला शुक्रबार बिहान मृत भेटिएकी हुन् ।

राजधानी टोकियोस्थित किता कु ईताबासिमा श्रीमानसँगै सुतेकी अन्दाजी २९ वर्षीया महिला मृत फेला परेकाे जनाइएकाे छ।

गुल्मी जिल्ला घर र रायमाझी थर भएको बताइएकी महिला श्रीमानको ’डिपेन्डेन्ट’ भिसामा जापानमा बस्दै आएको बुझिएको छ।

प्रहरीले घटनाबारेमा अनुसन्धान थालेको र विस्तृत विवरण आउन बाँकी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *