सासुलाई बञ्चरो प्रहार गरेको अभियोगमा बुहारी पक्राउ
काभ्रे । आफ्नै सासुलाई बञ्चरो प्रहार गरेको अभियोगमा एक बुहारी पक्राउ परेकी छन्।
४८ वर्षीया सासु धौमती सार्कीलाई धारिलो हतियार बञ्चरो प्रहार गरेको अभियोगमा पाँचखाल नगरपालिका ९ बस्ने २३ वर्षीया सरिता सार्कीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
घरायसी बिवादको कारण सरिताले आफ्नै सासुलाई बञ्चरो प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवतीस्थानबाट खटिएको प्रहरीले उनलाई बञ्चरो सहित पक्राउ गरेको हो।
घाइते धौमतीको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment