असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम प्रदान

डिसी नेपाल
३२ साउन २०७६ ८:३८

नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम प्रदान गरेको छ। नगरपालिकाभित्रका अभिभावक विहीन बालबालिकालाई उक्त वितरण गरिएको हो। बुबाआमा गुमाएका बालबालिकाको संरक्षणसँगै उनीहरुको शैक्षिक र स्वास्थ्य अवस्था सुधारका लागि सामाजिक सुरक्षा रकम प्रदान गरिएको नगरप्रमुख चन्द्रकुमारी पुनले बताए।

शुक्रबार १५ असहाय बालबालिकालाई जनही रु पाँच हजारका दरले रकम प्रदान गरिएको छ । नगरपालिकाभित्र अभिभावक विहीन ८८ बालबालिका रहेको तथ्याङ्क छ। “विस्तारै अन्य असहाय बालबालिकालाई रकम वितरण गछौँ”, नगरप्रमुख पुनले भने। कावासोतीलाई बालमैत्री नगरपालिका बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ।

मारुनी नाच संरक्षण गर्न सामग्री वितरण

नवलपरासी पूर्वदेवचुली नगरपालिका–९ ले मारुनी नाच संरक्षणका लागि विभिन्न सामग्री वितरण गरेको छ। मगर समुदायमा प्रचलित मारुनी नाच संरक्षणका लागि वाद्यवादनका सामग्री र पोशाक प्रदान गरिएको छ । मादल, मुजुरा, खैजरीलगायत सामग्री वितरण गरिएको वडाध्यक्ष मेखबहादुर सारुले बताए । मगर समुदायमा प्रचलित मारुनी नाच पछिल्लो समय लोप हुँदै गएको छ।

“संरक्षण र प्रर्वद्धनका लागि वाद्यवादन सामग्री र पोशाक वितरण गरेका हौँ”, उनले भने। मगर समुदायको परम्परागत संस्कृतीको बारेमा पछिल्लो पुस्ताले थाहा नपाउँदा संस्कृति लोप हुने अवस्थामा पुगेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *