सप्तरीमा जीप दुर्घटना हुँदा पत्रकार अधिकारीको मृत्यु, ४ घाईते

डिसी नेपाल
३२ साउन २०७६ १२:०५

काठमाडौँ । सप्तरीको कञ्चरुप-११ मा बा १६ प २२३५ नम्बरको जीप दुर्घटना हुँदा रेडियो नेपालमा कार्यरत एक सञ्चारकर्मीको ज्यान गएको छ । उक्त दुर्घटनामा परी अन्य ४ जना घाईते भएका छन् ।

जीप दुर्घटनामा परी रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ घर भएका ३५ वर्षीय डायलसन अधिकारीको ज्यान गएको हो ।

जीप दुर्घटनामा परी जीपका चालक अशोक भण्डारी गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । पत्रकार अधिकारीसहितको टोली एक कार्यक्रमका लागि पूर्वतर्फ जाँदै गर्दा दुर्घटनामा परेको जनाईएको छ । दुर्घटनाबारे पूर्ण विवरण आउँन बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *