सरकार आउला र सबै काम गरिदेला भनेर कुर्नुहुँदैन: पुर्वप्रधानमन्त्री नेपाल

डिसी नेपाल
३२ साउन २०७६ १४:०१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका विदेश बिभाग प्रमुख तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको बिकाशको निम्ति सबै एक जुट हुन आह्वान गरेका छन् । शनिवार काठमाडौँमा भएको कार्यक्रममा नेपालले स्थानीय जनताले आफूले गर्न सक्ने काम पनि सरकार आउला र गरिदेला भनेर नकुर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपालले देश बिकाशको लागि नागरिक, संघ—संस्था र सरकार एक साथ जुट्नु पर्ने बताएका हुन् । सानो—ठुलो जस्तो सुकै काममा ३ मुख्य पक्षको भूमिका हुने भन्दै पुर्व प्रधानमन्त्री नेपालले नागरिक सुस्त भए सरकार पनि सुस्त हुने बताए । कहिलेकाँही धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने भन्दै ३ पक्षको हातेमालोले ठुला ठुला काम बन्न सक्ने बिश्वास ब्यक्त गरे ।

पुर्वप्रधानमन्त्री नेपालले सरकारले गरेका कतिपय काम लामो अनुशन्धान र तयारी बिना आएको भन्दै चिन्ता पनि ब्यक्त गरे। बोल्ने क्रममा कुन काम हतारमा आएको भन्ने स्पष्ट नभने पनि काठमाडौँको बिकाश निर्माण समयमा सम्पन्न गर्न र धुलो हिलो हटाउन स्थानीय स्तरबाट पनि काम गरिनु पर्ने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *