अलविदा पर्दाकी आमा ! सुभद्रा अधिकारीको अन्त्येष्टिमा शोकमग्न आर्यघाटका ११ तस्वीर

डिसी नेपाल
३२ साउन २०७६ १६:४०
4
Shares
काठमाडौं। नेपाली चलचित्र उद्योगकी बरिष्ठ कलाकार सुभद्रा अधिकारीको अन्त्येष्टि गरिएको छ। उनको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको हो।
अन्त्येष्टि गर्नु अघि नेपाल चलचित्र कलाकार संघले कलाकार अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पणका लागि व्यवस्था मिलाएको थियो।
अभिनेता शिव श्रेष्ठ, अभिनेत्री करिश्मा मानन्धर, रेखा थापा, हास्य कलाकारहरु शिवहरी पौडेल, किरण केसी, चलचित्र वितरक गोपाल कायस्थले उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए।
७३ वर्षको उमेरमा निधन भएकी सुभद्रा अधिकारीलाई श्रद्धाञ्जली अपर्ण गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई त्यहाँ पुगेका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *