बाढीले ७ घट्ट र २ सय खेत बगायो

डिसी नेपाल
३२ साउन २०७६ २२:१५

मुगु। शनिवार दिउँसो परेको अविरल वर्षापछि आएको बाढीले मुगुमा पानी घट्ट र खेत बगाएको छ । सदरमुकाम क्षेत्रमा रहेको गमगाढ खोलामा शनिवार दिउँसो आएको बाढीले ७ वडा पानी घट्ट र २०० बढी खेत बगाएको हो।

स्थानीय च्यावा नेपालीका अनुसार दिउँसो परेको अविरल बर्षाले गमगाढ खोलामा बाढी आउँदा खोलाका आसपासमा रहेका छायाँनाथ रारा नगरपालिका वडा नं १ का डिल बहादुर मल्ल, तुल बहादुर मल्ल, पृथ्वीजंग मल्ल, रंग बहादुर मल्ल, भक्त बहादुर मल्ल, जनक बहादुर मल्ल, कवु नेपाली, जिवीलाल नेपाली, पुर्ण बहादुर मल्लका खेत बगाएको छ । खेतमा लगाएको धान सहित खेत बगाएर बगर बनाएपछि किसानहरु मर्कामा परेको उनले बताए।

यस्तै छायाँनाथ रारा नगरपालिका वडा नं ४ भामवाडामम गमगाढ खोलामा रहेका परम्परागत ७ वटा पानी घट्ट पनि बाढीले बगाएको छ ।
बाढीले नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रको इन्टेकमा क्षति पुर्याएको अहिले सदरमुकाम गमगढी क्षेत्रमा विद्युत सेवा अवरुद्घ भएको छ । प्राधिकरणले विधुत सेवा दिएका २२ सय परिवारका घरमा अन्धकार छाएको छ ।

४ घण्टामा ४० मिली लिटर पानी परेको र छोटो अवधीमा यति धेरै पानी परेको यो नै जिल्लाको पहिलो रेकर्ड भएको गमगढी हावापानी केन्द्रले बताएको छ।

बेलुकाको समय भएको र केहि दिन यता मोवाइल नेटवर्क जिएसएम सेवा पनि अवरुद्घ भएकाले जिल्ला भर के कती कस्तो क्षति भयो विवरण आउन नसकेको प्रहरीले बताएको छ ।

उक्त खोला कै बाढीले छायाँनाथ रारा ७ र ६ वडा जोडने काठे साधु, वडा नं ६ बालै बजारमा रहेका २ वटा काठका घुम्ती समेत बगाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *