‘रवि लामिछानेको गिरफ्तारी स्वभाविक, अनुसन्धानमा दबाब सिर्जना नगरौं’
काठमाडौं। पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोग लागेर पक्राउ परेका पछि रवि लामिछानेको पक्षमा भएको प्रदर्शनप्रति नागरिक समाज चितवनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । उसले रविका समर्थकलाई अनुसन्धानमा दबाब सिर्जना नगर्न आग्रह गरेको छ ।
समाजले एक विज्ञप्ति प्रकाशित गर्दै मृतकका आफन्तले मृत्यु अस्वभाविक भएको भन्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धानको क्रममा शंकास्पद व्यक्तिहरु पक्राउ पर्नु स्वभाविक भएको जनाएको छ । समाजका सचिव गोपिलाल देवकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा निष्पक्ष अनुसन्धान गरी दोषी भए नभएको निक्र्योल गर्न राज्यलाई आग्रह गरिएको छ ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment