सांसदको प्रश्न – ‘के रवि लामिछाने सुनपानीले चोखो हुन् ?’

डिसी नेपाल
१ भदौ २०७६ १३:३१

काठमाडौं। पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्यु र आत्महत्या दुरुत्साहनमा रवि लामिछाने पक्राउ परेको विषयले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद महेश्वरजंग गहतराजले यो विषय उठाएका हुन् ।

उनले रविको नाममा हुलहुज्जत हुनु गलत भएको बताए । गहतराजले दोषी जो कोही भए पनि कारवाही हुनुपर्ने बताए । उनले लामिछानेसहितका तीन जना पक्राउ परेपछि हुलहुज्जत भइरहेको उल्लेख गर्दै भने ‘अनुसन्धान गर्ने र दोषी प्रमाणित गर्ने काम प्रहरीको हो। यसविरुद्धको होहल्ला या हुलदंगा गलत काम हो ।’

उनले रविलाई चोखो भन्दै गरिएको आन्दोलनबारे पनि सरकारको ध्यानाकर्षण गराए। ‘मेरो मान्छे सुनपानीले चोखो हुन्छ, अपराधी हुँदैन भनेर नाराबाजी गर्नु गलत हो’, उनले भने, ‘यसतर्फ गम्भीर ध्यान जाओस्। आफ्ना मान्छेलाई चोखो र अरुलाई अपराधी देख्नु यो ठीक भएन।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *