अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

डिसी नेपाल
१ भदौ २०७६ १६:३८

काठमाडौं। नायिका शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरकालीन अन्तरिम आदेश दिएको छ । शिल्पाले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी खारेज हुनुपर्ने मागसहित सर्वोच्च पुगेकी थिइन् ।

यही निवेदनमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको इजलासले शिल्पालाई पक्राउ नगर्न आदेश दिएको हो । यस विषयमा छलफल गर्नको लागि अदालतले दुवै पक्षलाई भदौ १५ गते बोलाएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले डिसीनेपाललाई जानकारी दिए ।

यसअघि जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पुर्जी खारेज हुनुपर्ने मागसहित शिल्पा उच्च अदालत पाटन पुगेकोमा उच्च अदालतले जिल्ला अदालतकै निर्णय सदर गरेको थियो । छविकी जेठी श्रीमती हेमा ओझाले आफूसँग सम्बन्ध विच्छेद नगरी बहुविवाह गरेको भन्दै दुवै विरुद्ध जाहेरी दिएपछि जिल्ला अदालत काठमाडौंले शिल्पा पोखरेल र छविराज ओझाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *