‘विद्युतीय चुहावटलाई न्यूनीकरण गर्ने महाअभियानमा लागिरहेका छाैँ’

डिसी नेपाल
१ भदौ २०७६ २०:२२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चुहावटलाई न्यूनीकरण गर्दै विद्युतिकरणको महाअभियानमा लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्राधिकरणको ३४ औ बार्षिकोत्सवका अवसरमा आईतबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्राधिकरणले टार्गेट पुरा गर्दै गएकाले आगामी बर्षमा हरेक चुनौतिहरुको सामना गर्दे जाने विश्वास पनि व्यक्त गरे।

उनले चालू आर्थिक बर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युतीकरण गराउनुको साथै आगामी ४ बर्षमा सबै जिल्लामा विद्युत्को पहुँच पुर्याउने प्राधिकरणको लक्ष्य चुनौतीपूर्ण रहेपनि सबैको सहयोग र सहकार्यमा संभव गराउन सकिने विश्वास व्यक्त गरे।

सरकारी लक्ष्य पुरा गर्न प्राधिकरणको प्रणाली र नवीकरणीय ऊर्जाका स्रोतबाट विद्युतीकरण गर्न लागिएको पनि उनले स्पष्ट पारे। गत आर्थिक बर्षमा टार्गेट गरे भन्दा बढी मुनाफा कमाएको भन्दै उनले चालू आर्थिक बर्षमा ८ अर्ब माथि मुनाफा कमाउने दाबी गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *