फिप्ना न्यूह्यामसरले मनायो विश्व आदिवासी दिवस

डिसी नेपाल
२ भदौ २०७६ १४:३८

न्यूह्यामसर । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका ९फिप्ना० न्यूह्यामसर च्याप्टरले २५ औं अन्तर्राष्ट्रि आदिवासी दिवस मनाएको छ । न्यूह्यामसर राज्यको स्ट्राडमस्थित पार्कमा शनिबार आयोजित एक कार्यक्रमबीच च्याप्टरले विश्व आदिवासी दिवस मनाएको हो।

कार्यक्रममा न्यूह्यामसर राज्यलगायत छिमेकी राज्यहरुबाट राई, लिम्बू, गुरुङ, नेवार र तामाङलगायतका विभिन्न आदिवासी जनजाति मूलका समुदायको बाक्लो उपस्थिति थियो।

कार्यक्रममा विभिन्न जातजातिको पहिचान झल्कने सांस्कृतिक झाँकीहरूरु प्रदर्शन गरिएको थियो भने गीत तथा नृत्यहरू समेत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संयुक्त राष्ट्रसङ्घका लागि नेपाली राजदूत एवं स्थायी प्रतिनिधि अमृतबहादुर राईले प्रवासमा बसेर पनि आफ्नो पहिचान, संस्कृति र परम्परालाई जगेर्ना गर्दै कायम राख्नु ज्यादै प्रशंसनीय भएको बताए। ‘विदेशमा बसेपनि यहाँहरूले संस्कार र संस्कृति जगेर्ना गर्न देखाउनुभएको कदम उल्लेखनीय छ’ प्रमुख अतिथि राईले भने ‘यो कार्यले भावी पिँढीलाई पनि आफ्नो संस्कार र संस्कृतिप्रति रुचि जगाउन अभिप्रेरित गर्नेछ ।’

यसैगरी कार्यक्रममा न्यूह्यामसरका राज्य सिनेटर लाउ डी एलसेण्ड्रो,न्यूह्यामसर नेपाली समाजका अध्यक्ष सोम गुरुङ, वेस्र्टन मिसिगन युनिभर्सिटीका प्राध्यापक डा। महेन्द्र लावती, गुरुङ समाज न्यूह्यामसरका अध्यक्ष छत्रकुमारी गुरुङ, अमेरिकी काङ्ग्रेस कृष पापाजका प्रतिनिधि क्रिसटिना सियाहोल्टज, अमेरिकी सिनेटर जिहिन सिहिनकी प्रतिनिधि लिटिजा ओर्टिज, नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाका संस्थापक अध्यक्ष शिवकुमार राईलगायतका अथितिहरुले शुभकामना मन्तव्य राखेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *