रवि लामिछानेकाे बयान आज

डिसी नेपाल
३ भदौ २०७६ ७:०७

काठमाडौं। पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणलाई लिएर यति बेला चितवन धेरै नै तातिएको छ। उसै त चितवनमा भदौको गर्मी त्यसमा पनि न्युज २४ टिभीका पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेललाई पत्रकार शालिकराम पुडासैनी प्रकरणमा जोडेर अनुसन्धान भइरहेका बेला सडक झनै तातेको छ।

आज मंगलबार रवि लामिछानेसँग बयान लिने तयारी भइरहेको छ। तर, सडकमा उर्लेको भीडले कतै दुर्घटना त निम्त्याउँदै भन्नेतर्फ सजक हुन जरुरी देखिन्छ। सडकमा देखिएको भीडलाई मध्यनजर गरी चितवन कांग्रेसले एक विज्ञप्ति नै निकालेको छ।

‘माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी र त्यस घटनाको सन्दर्भमा अनुसन्धानका लागि सञ्चारकर्मी रवि लामिछानेलगायत तीन जनालाई प्रहरी हिरासतमा राखिएबाट चितवन जिल्लामा उत्पन्न असहज परिस्थितिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ।’ –जितनारायण श्रेष्ठ सभापति र उत्तम जोशी सचिवद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

शान्तिपूर्ण रुपमा सभा, सम्मेलन र जुलुसमार्फत आफ्ना जायज मागहरूको पक्षीकरण गर्न पाउने संवैधानिक अधिकारको प्रत्याभूति हुन सकोस् भन्दै जनतामा सरकारप्रतिको विश्वास घट्दै गइरहेको बेला सम्बन्धित पक्षलाई सचेत रहन आग्रह चितवन कांग्रेस आग्रह गरेको छ।

घटनामा गम्भीर अध्ययन र अनुसन्धानको आधारमा सत्यतथ्य छानविन गरी पीडितलाई न्याय तथा निर्दोष नपरून् र दोषी नछुटून् भन्ने मान्यता स्थापित गर्न माग पनि गरिएको छ।

शालिकराम पुडासैनीको मृत्यु हत्या हो कि आत्महत्या के हो भन्ने विषयमा बहस चलिरहेको छ। संघीय प्रहरी प्रवक्ताले यस विषयमा हत्या हो कि आत्महत्या अनुसन्धानकै बिषय रहेको भनी बताइरहनुभएको छ। सडकमा देखिएको भीड, रविका समर्थक, सार्वजनिक भएको भिडियोको प्रकृति आदि हेर्दा रवि दोषी ठहरिने सम्भावना दुर्बल छ। नेपाल समाचारपत्र दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *