‘भिडियो पसल’मार्फत नयाँ नेपाली चलचित्र हेर्न सकिने

डिसी नेपाल
३ भदौ २०७६ १२:५९

काठमाडौं । घरमै बसेर नयाँ नेपाली चलचित्र हेर्न चाहने दर्शकका लागि ‘भिडियो पसल’ नामक एप्स सार्वजनिक गरिएको छ।

ओ.एस.आर. डिजिटलले नेपालमा यो एप्स लञ्च गरेको हो।

यो एप्स अन्तर्राष्ट्रिय बजारमा भने संचालनमा आईसकेको छ।

नेपाली चलचित्र र नेपालीका लागि एप्सको सम्पूर्ण ब्यवस्थापन अधिकार ओ.एस.आर. डिजिटलसँग सुरक्षित रहने छ। नेपाली चलचित्रको प्रवद्र्धन र विकासका लागि ‘भिडियो पसल’ एप्स सार्वजनिक गरिएको ओ.एस.आर. डिजिटलका प्रबन्ध निर्देशक ओम प्रकाश अग्रवालद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ।

यसै साताबाट केही चलचित्रहरु न्यूनतम शुल्क तिरी तथा केही चलचित्रहरु फ्रिमा हेर्न सकिने विज्ञप्तीमा उल्लेख गरिएको छ।

हलमा रिलिजकै दिन पनि ‘भिडियो पसल’मा चलचित्र रिलिज गर्ने ओ.एस.आर.को योजना छ। तर, हाललाई रिलिज भईसकेको चलचित्रलाई विश्वभरीका दर्शकसमक्ष एकैपटक पु¥याउने लक्ष्यले ‘भिडियो पसल’ संचालनमा ल्याईएको हो।

मोबाईल एप्सबाट विश्वको कुनै पनि कुनाबाट यो एप्स प्रयोग गरि नेपाली चलचित्र हेर्न सकिनेछ। निर्माताहरुको लागि यो नयाँ बजार हुन सक्ने अनुमान छ। यसबाट प्राप्त शेयर भने निर्माण कम्पनी र निर्माताबीच आपसी सहमतिमा हुने ओ.एस.आर.का प्रतिनिधी रुपेन्द्र खड्गीले बताएका छन्।

‘भिडियो पसल’बाट चलचित्र कपि हुने, डाउनलोड हुने र लिक हुनसक्ने संभाब्यता शून्य भएको ओ.एस.आर. डिजिटलले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *