‘हजार जुनीसम्म’मा कस्तो छ कलाकारको काम ?

डिसी नेपाल
३ भदौ २०७६ १४:२१

काठमाडौं। हलमा नेपाली चलचित्र ‘हजार जुनीसम्म’ प्रदर्शनरत छ। जनैपूर्णिमाको अवसरमा गत बिहीबारबाट चलचित्र प्रदर्शनमा आएको हो।

विकासराज आचार्य निर्देशित चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुइँटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, अनुभव रेग्मी लगायतको शिर्ष भूमिका छ। यद्यपी कलाकारहरुको भीड रहेपछि चलचित्रमा उनीहरुको अभिनय कमजोर देखिन्छ।

कपाल र दाह्रीमा सेतो दल्दैमा ‘बाबु’को भूमिकामा फिट देखिन खोज्नुमा आर्यन अस्वभाविक लाग्छन्। बाबुको क्यारेक्टरमा उनको हिँडाइ, हाउभाउ उत्तिकै फितलो देखिन्छ। बरु युवावयको भूमिकामा आर्यनको अभिनय दर्शकलाई पच्छ।

भर्खरै राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड हात पारेकी अभिनेत्री स्वस्तिमाको अभिनय पनि सन्तुष्ट मान्न सकिने छैन्। उनीबाट दर्शकले अझ राम्रो अभिनयको अपेक्षा गर्छन्। अभिनेत्री प्रियंका, संचिताको अभिनय औसत लाग्छ।

अभिनेता सलोन ‘टाइपकास्ट’मै सीमित छन्। तर, उनको अभिनयले भने दर्शकले केही हदसम्म इन्जोग गर्न सक्छन्।

नव–अभिनेता अखिलेषको अभिनय स्वभाविक लाग्दैन्। उनी चलचित्रभर असहज देखिन्छन्। अझ यात्राका क्रममा स्वस्तिमासंगको नृत्यमा न उनको हाउभाउ मिलेको देखिँदैन, न त उनी सहज देखिन्छन्।

अनुभवले छोटो भूमिकामा औषत अभिनय गरेका छन्।

चलचित्रले सोमबार राजधानीमा विशेष शो गरेको थियो। विशेष शो सकिएपछि आर्यन मिडियासंग बोल्नै चाहेनन्। कलाकार आर्यन्, सलोन, अखिलेश, अनुभवबाहेक निर्देशक विकासदेखी अन्य मुख्य कलाकार शोमै देखिएनन्। सायद चलचित्रलाई लिएर उनीहरु नै सन्तुष्ट देखिएनन् की!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *