रेनशाको ‘आइएम ट्वान्टी वान’मा धिरज र जसिताको जोडी

डिसी नेपाल
३ भदौ २०७६ १५:४८

काठमाडौं। निर्माण घोषणा गरिएको एक वर्षपछि चलचित्र ‘आइएम ट्वान्टी वान’मा मुख्य कलाकार फाइनल गरिएको छ।

रेनशा बान्तवा राईको निर्देशन रहने चलचित्रमा धिरज मगर र जसिता गुरुङको मुख्य भूमिका रहने पक्का भएको हो।

आफ्नो डेब्यू निर्देशन रहेको ‘इन्टु मिन्टु लन्डनमा’को सक्सेस पार्टीमा गतवर्ष रेनशाले ‘आइएम ट्वान्टी वान’निर्माण घोषणा गरेकी थिइन्।

निर्माण टीमले अभिनेतामा धिरजलाई त्यतिबेला नै फाइनल गरेको थियो। धिरज ‘इन्टु मिन्टु लन्डनमा’बाट नेपाली चलचित्रमा डेब्यू गरेका हुन्। त्यतिबेला ‘आइएम ट्वान्टी वान’को लागि अभिनेत्रीमा जसिताको चर्चा चलेपनि फाइनल भएकी थिइनन्।

डिसी नेपालसंग कुरा गर्दै निर्देशक रेनशाले भनिन् –‘दुबै कलाकारसंग सम्झौता भईसकेको छ। लगत्तै दुई महिना वर्कशप गरेपश्चात तिहारपछि छायांकनमा जानेछौं।’

चलचित्रका लागि धिरज लण्डनबाट सोमबार नेपाल आएका छन्। जसिता भने आउँदो सोमबार नेपाल आउने निर्देशक रेनशाले बताइन्।
प्रज्ज्वल शम्शेर जबराले निर्माण गर्ने चलचित्र डान्स ड्रामामा पूर्ण लभस्टोरी हुने बताईएको छ।

धिरज डेब्यू चलचित्रबाटै राम्रो सम्भावना देखाएका थिए।

यता अहिलेका चल्तिका अभिनेता प्रदीप खड्कासंग ‘लिलिबिली’ र ‘लभ स्टेशन’मा काम गरेकी जसिताको यो तेस्रो प्रोजेक्ट हो। ‘आइएम ट्वान्टी वान’मा धिरज र जसिताको केमेष्टि गज्जब देखिने अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *