मुख्यमन्त्रीले वितरण गरे दुई सय ७२ छात्रालाई साइकल

डिसी नेपाल
३ भदौ २०७६ २२:१७

काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले महोत्तरीका विभिन्न स्थानमा गरी दुई सयभन्दा बढी छात्रालाई साइकल वितरण गरेका छन्।

आज दिउँसो महोत्तरीका विभिन्न स्थानमा गइ ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत सो साइकल वितरण गरिएका हुन्।

आजै एकै दिनमा जिल्लाको सरपल्लोमा ७५, मनरामा ४०, गैँडाभेटपुरमा ५२ र रामगोपालपुरमा १०४ गरी २७१ छात्रालाई जनही एक थानका दरले साइकल वितरण गरेका हुन्।

कक्षा ८ मा अध्ययनरत् सो छात्राहरुलाई ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत यहाँका छात्रालाई उच्च शिक्षातर्फ आकर्षित गर्न साइकल वितरण गरिएको महेन्द्र मावि रामगोपालपुरका प्रधानाध्यापक धीरेन्द्रकुमार मण्डलले बताए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *