प्रधानमन्त्री स्वास्थ्य परीक्षण गराउन बिहीबार सिङ्गापुर जाने
फाईल तस्बिर
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर जाने भएका छन्।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै आफू स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जान लागेको बताएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
“चिकित्सकको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिङ्गापुर जान लाग्नुभएको हो”, उनले भने, “प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य छ ।” बैठकमा उपस्थित राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामनासमेत गरेका थिए।
यसअघि प्रधानमन्त्री ओली साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्किएका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment