परीक्षण नगरिएका खसीबोका नेपाल भित्रिन नदिइने, व्यवसायी रुष्ट

डिसी नेपाल
४ भदौ २०७६ १६:२४

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले स्वस्थ परीक्षण नगरिएका खसीबोका नेपाल भित्रिन नदिने बताएका छन्।

बुधबार काठमाडौमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री खनालले बाहिरको रोग खसी बोकाको माध्यमबाट नेपालमा भित्रिन नदिने बताएका हुन्।

नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र भएकोले खसीबोको आयात रोक्न नसके पनि उत्पतिको प्रमाण र निरोगिताको प्रमाण नभई नेपाल भित्रन नदिने बताए। मन्त्री खनालले संसार भरिका रोग हुल्ने गरि नेपालमा स्वस्थ परिक्षण नगरी खसीबोका ल्याउन नदिने बताए।

कार्यक्रममा मन्त्री खनालले निरोगिताको प्रमाणपत्रका आधारमा आयात गर्न आग्रह गर्दा केही व्यावसायीले घेराबन्दी गर्न खोजेको बताए। व्यवसायीहरुले अनौपचारिक रुपमा दशैंमा त देख्लास् भनेर धम्की दिएको बताए।

मन्त्री खनालले हाम्रो उत्पादन प्रयाप्त भए आयात गर्न नपर्ने भन्दै उत्पादनमा जोड दिएर र स्वस्थकर खान सकिने बताए। कार्यक्रममा हेफर नेपालले बिराटनगर, बुटवल, पोखरा, भरतपुर र कोहलपुरमा ५ वटा आधुनिक बधशाला निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ।

त्यसका लागि भौतिक संरचना निर्माणका लागि स्थानीय र प्रदेश सरकारबाट ३२ करोड र खसी बाख्रा उत्पादक महिला किसान र मासु व्यवसायीको तर्फबाट २२ करोड भन्दा बढीको सेयर लगानीको प्रतिबद्धता आएको हेफरले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *