सीमा क्षेत्रमा पाकिस्तानले तैनाथ गर्यो कमाण्डो

डिसी नेपाल
४ भदौ २०७६ २३:२४

इस्लामावाद (एजेन्सी) । भारतसँग तनाव बढिरहेका बेला पाकिस्तानले सीमा क्षेत्रमा कमाण्डो तैनाथ गरेको छ । भारतीय सञ्चार माध्यमहरुले भारतको गुजरातसँग सीमा जोडिएको क्षेत्रमा पाकिस्तानले शक्तिशाली एसएसजी कमाण्डो तैनाथ गरेको जनाएका छन्।

यद्यपी यो विषयमा पाकिस्तानले केही जानकारी दिएको छैन। गुजरातको सरक्रित क्षेत्रमा पाकिस्तानले कमाणडो तैनाथ गरेको भारतीय सञ्चार माध्यमहरुको दावी छ।

भारतले जम्मू कश्मीरको विषेशाधिकार खोसेपछि भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ। कश्मीरको लाइन अफ कन्ट्रोलमा दुबै देशका सेनाहरुबीच गोली चलेका घटनाहरु दिनहुँ आइरहेका छन्। बुधबार कश्मीरमा एक भारतीय सैनिकको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यहीबीचमा गुजरातमा पनि पाकिस्तानले कमाण्डो तैनाथ गरेको हो।

उता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सम्बन्ध विष्फोटक रहेको भनी चेतावनी दिएका थिए। उनले दुई देशका प्रधानमन्त्रीसँग फोनमा कुरा गरेर संयमता अपनाउन भनेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *