भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिमा पूजा, आजै राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै
काठमाडौं। भारतीय विदेशमन्त्री एस जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन्।
बुधबार सम्पन्न पाँचौ नेपाल–भारत संयुक्त आयोगको बैठकका लागि काठमाडौं आएका उनले बिहीबार विहान पारिजातको बिरुवा रोप्नुका साथै पशुपतिनाथ मन्दिरमा पूजा गरेका हुन्।
उनी बुधबार करिब साढे १२ बजे तिर काठमाडौं आएका थिए। काठमाडौं अवतरणसँगै उनी सिधैं प्रधानमन्त्री निवास बालुवाटार गई प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।
भेटवार्ता सकिएपछि याक एण्ड यतिमा आयोजना भएको बैठकमा उनी सहभागि भएका थिए। जयशंकरले आज अबको केही बेरमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम रहेको छ। यस्तै उनी आज दिउँसो भारत फर्किनेछन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment