आज कति छ सुन-चाँदीको भाउ ? हेर्नुहोस् …

डिसी नेपाल
५ भदौ २०७६ १०:५९

काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।

बुधबार ३ सय रुपैयाँले बढेको छापावाल सुन आजपनि प्रतितोला ७१ हजार ३ सय तथा तेजावी सुन ७१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार चाँदी ८२५ रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *