भायनेटको अपग्रेडटु भायनेट क्याम्पेन सुरु

डिसी नेपाल
५ भदौ २०७६ १२:४४

काठमाडौं भायनेट कम्युनिकेसन्स प्रालिले अपग्रेडटु भायनेट क्याम्पेन सुरु गरेको छ। इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनीले उपभोक्तालाई विभिन्न सेवा–सुविधासहित अगष्ट १ देखि क्याम्पेन सुरु गरेको हो।

कम्पनीले इन्टरनेट र नेटटिभीको कम्बोप्याक खरिदमा उपभोक्तालाई थप सुविधा दिएको छ। यस अन्तर्गत भ्याट बाहेक १३ हजार ५ सयमा ३० एमबीपीएस इन्टरनेट र नेटटिभी एक वर्षको लागि पाउने छन्।

यो सुविधा खरिद गर्ने ग्राहकले अल्ट्रा बुस्ट फिचरको उपयोग गर्न पाउने छन्। यस अन्तर्गत १५ जीबी डाटाका लागि १०० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ। त्यस्तै कम्पनीले भायसेक्योर नामक अर्को सेवापनि सञ्चालनको तयारी गरेको छ।

यो सेवाले उपभोक्तालाई पेरेन्टल कन्ट्रोलको सुविधा हुने छन्। यो सुविधाबाट बच्चाहरुको सुरक्षामा सहयोग पुग्ने कम्पनीले बताएको छ।

कम्पनीले १९ वर्षदेखि इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ। नेपालका मुख्य–मुख्य सहर ललितपुर, भक्तपुर, काठमाडौं, वीरगञ्ज, विराटनगर, बुटवल, भैरहवा, धनगढी, डडेल्धुरालगायतका स्थानमा पनि कम्पनीको सेवा उपलब्ध रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *