अमेरिकामा एक नेपाली युवतीले गरिन् आत्महत्या
सांकेतीक तस्वीर
अमेरिका । अमेरिका बस्दै आएकी एक नेपाली चेलीले आत्महत्या गरेकी छिन्। सान्सफ्रानसिस्को बे एरियामा बस्ने २७ वर्षीय सुनीता लिम्बुले आत्महत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीकाअनुसार उनले बुधवार आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेकी हुन्।उनको शवलाई पोस्टमार्टमको लागि बुधवार दिउँसो नै स्थानीय अस्पतालमा लगेको थियो।
घटनास्थलमा मृतकले लेखेको सुुसाइड भेटिए पनि त्यसको विस्तृत विवरण प्रहरीले अहिलेसम्म दिएको छैन्।
एक नेपाली रेस्टुरेन्टमा काम गदैै आएकी उनी एक सन्तानकी आमा हुन्। उनका श्रीमान बेलायतमा छन्। उनी बुवा, आमा र परिवारका अन्य सदस्यको साथमासान्सफ्रानसिस्को डाउनटाउन बस्दै आएकी थिईन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment