१५ दिनका लागि सिंगापुर उडे प्रधानमन्त्री ओली, हेर्नुहोस् ९ तस्विर

डिसी नेपाल
५ भदौ २०७६ १४:२१
4
Shares

काठमाडौं। प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। उनी बिहीबार दिउँसो साढे १ बजे थाई एयरको विमानमा सिंगापुर प्रस्थान गरेका हुन्।

ओली भदौं २० गते स्वेदश फर्किने कार्यक्रम रहेको छ।

यसअघि प्रधानमन्त्री ओलीले सिंगापुरमा करिव एक साता उपचार गराएर साउन २७ गते स्वदेश फर्किएका थिए।

यसअघिको उपचारमा दुई साइकल औषधि चलाइएको र थप एक साइकल तीन साताको बीचमा चलाउनुपर्ने चिकित्सकको सल्लाहअनुसार सिंगपुर जान लागेका ओलीलाई औषधिको साइड इफेक्ट पनि देखिएको छ।

औषधिको साइड इफेक्टले ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्या उनमा देखिएको छ। सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउँदै आएका ओलीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *