प्रियंका चोपडाको फड्को, हलिउडको सुपरहिरो फिल्ममा मुख्य भूमिका

डिसी नेपाल
५ भदौ २०७६ १५:५५

काठमाडौं। प्रियंका चोपडाले ठूलो हलिउड प्रोजेक्टमा अवसर पाएकी छिन् । रोबर्ट रोडि्रगेजले निर्देशन गर्ने ‘वी क्यान बी हीरोज’ मा प्रियंकाले मुख्य भूमिका निर्वाह गर्दैछिन् । यो डिजिटल प्लेटफार्म नेटफ्लिक्समा रिलिज हुनेछ । ‘वी क्यान बी हीरोज’ बालबालिकाहरुको सुपरहिरो फिल्म हो । रोबर्ट रोडि्रगेजले यसअघि स्पाइ किड्स, सिन सिटी तथा एटिला-ब्याटल एञ्जिल जस्ता फिल्महरु निर्देशन गरिसकेका छन् ।

पछिल्लो समय प्रियंका चोपडा बलिउडमा निकै छाएकी छिन् । प्रियंकाले ड्वेन जोनसनसंग ‘बेवाच’ मार्फत हलिउडमा डेब्यू गरेकी थिइन् । त्यसपछि उनले ‘अ किड लाइक ज्याक’ तथा ‘इजन्ट इट रोमान्टिक’ मा अभिनय गरिसकेकी छिन् । ‘अ डिक लाइक ज्याक’ फिल्म भारतमा प्रदर्शन भएको थिएन, जबकि ‘इज इन्ट इट रोमान्टिक’ भारतमा नेटफिल्क्समा मात्र प्रदर्शन भएको थियो । तर नेटफिल्क्स ओरिजिनलका लागि प्रियंकाले पहिलो पटक काम गरेकी हुन् । त्यसो त उनको स्पाइ सीरीज ‘क्वान्टिको’ पनि नेटफि्ल्क्समा उपलब्ध छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *