साउनमा ४१ वटा फर्ममाथि जरिवाना

डिसी नेपाल
५ भदौ २०७६ १८:५५

काठमाडौं। सरकारले चालु आर्थिक बर्षको एक महिनामा नै ८४ वटा व्यवसायीक फर्महरुको अनुगमन गरेको दावी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार पत्रकार सम्मेलन गरी साउन महिनामा मात्रै ८४ वटा व्यवसायीक फर्महरुको अनुगमन गरेको जानकारी दिएको हो ।

अनुगमन गरिएको मध्ये ४१ वटा फर्मलाई विभागले जरिवाना गराएको छ भने २५ वटालाई स्पष्टिकरण सोधिएको, ३ वटालाई सिलवन्धी गरिएको, ४ वटाको गुणस्तर परिक्षणका लागि नमुना पठाइएको तथा एउटा फर्म विरुद्ध मुद्दा दर्ता गरेको विभागका निर्देशक शोभाखर रेग्मीले जानकारी दिए। ती फर्महरुबाट जरिवाना वापत ३ लाख ३७ हजार रुपैयाँ असुली गरिएको उनले जानकारी दिए। विभागले गत आर्थिक बर्षमा १ हजार ६ सय ६१ वटा अनुगमन गरेकोमा १ सय ६१ वटाबाट जरिवाना वापत ४३ लाख २१ हजार रुपैया राजश्व संकलन गरेको छ ।

पत्रकार सम्मेलनमा उपभोक्ता अधिकारकर्मीहरुले विभागको अनुगमन प्रभावकारी नभएको भन्दै बजारमा प्रभाव पार्ने गरि अनुगमन गर्न सुझाएका थिए । उपभोक्ता अधिकारकर्मीले बजारमा अस्वभाविक मुल्यवृद्धि काममै रहेको, गुणस्तरहीन बस्तु विक्रिमा नरोकिएको गुनासो गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *